देउवा समूहको महाधिवेशन खुलामञ्चमा, ५९ जिल्लामा अधिवेशन सम्पन्न

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशन काठमाडौँको खुलामञ्चमा हुने भएको छ। समूहको महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले केन्द्रीय महाधिवेशनका लागि खुलामञ्च छनोट गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार मतदान तथा निर्वाचन प्रक्रिया सञ्चालन गर्न खुलामञ्चमै छुट्टाछुट्टै निर्वाचन स्टल निर्माण गरिनेछ। पोखरेलले हालसम्म ५९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको र बाँकी जिल्ला तथा प्रदेश अधिवेशनको मिति पनि तय गरिएको जानकारी दिए।