सरकारले प्रहरी महानिरीक्षक पदबाट हटाएका दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। कार्कीले आफूलाई कानुनविपरीत पदबाट हटाइएको दाबीसहित पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए। उक्त रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ। यसअघि म्याद तामेलीको प्रमाण अदालतमा पेस हुन नसक्दा मङ्सिर ७ गते सुनुवाइ स्थगित भएको थियो। कार्कीले नयाँ आईजीपी मनोज केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका छन्।
सरकारले कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी नियुक्त गरेको थियो भने कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। अब केसीको नियुक्ति रोक्ने अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा अदालतको सुनुवाइपछि टुङ्गो लाग्नेछ।

















