सुदूरपश्चिममा नागरिक उन्मुक्तिका सांसद गिरी पदमुक्त

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा)का सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् । सभामुख भीम भण्डारीले आज सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकालेका हुन् ।