काठमाडौंमा भएको शक्ति प्रदर्शनमा प्रहरी दमन भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग गरेको छ । राप्रपाको सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ बुँदा थपिएको र त्यो उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा रहेको बताए ।
राप्रपाले ४० बुँदे माग राख्दै गरेको आन्दोलनमा उक्त एउटा बुँदा थपेरे आजदेखि ४१ बुँदै माग अघि सारेको छ । राप्रपा नेता र कार्यकर्ताको जुलुसमा प्रहरी धरपकड, लाठीचार्ज र अश्रुग्याससमेत प्रहार भएपछि आक्रोशित बनेका अध्यक्ष लिङ्दनेले भने,‘गृहमन्त्री लामिछानेको राजीनामा माग्छौं, माग थपियो ।’ यो दिनलाई सम्झनामा राख्ने घोषणा गरेका उनले राप्रपाका धेरै नेता कार्यकर्ता घाइतेसमेत भएको बताएका छन् ।


















