‘मोदीबेनी’ फिल्म प्रदर्शनको मिति तय

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर फिल्मले कथा भन्ने निर्देशक शंकर कोइरालाले बताए।फिल्म ‘मोदीबेनी’ साउन १८ गते रिलिज हुने भएको छ ।

फिल्ममा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, प्रविण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराईलगायत कलाकारहरूको अभिनय छ। अमर प्रतापले यही फिल्मबाट अभिनेताको डेब्यु गर्न लागेका हुन्। अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि ‘मोदीबेनी’ फिल्मबाट कमब्याक गर्दैछिन्। निर्देशक कोइरालाले पनि यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।