संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको युएईको विदेश मन्त्रालयबाट जानकारी प्राप्त भएको खुलाएको छ ।
‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक गोरखाका श्री दिवस श्रेष्ठ सहित तीनजना मारिएका थिए। दिवसको निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ राजदूतावासले भनेको छ ।
जसमा एक पाकिस्तानी र एक बंगलादेशी थिए। यसमा ५८ जना घाइते भएका थिए। घाइते हुनेमा यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमेन, युगान्डा, इरिट्रिया, लेबन र अफगानिस्तानका नागरिक छन्।
यूएईले दुई दिनमा इरानमा १६५ ब्यालेस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ वटा ड्रोन प्रयोग गरेर आक्रमण गरेको छ। तीमध्ये ३५ वटा ड्रोन यूएईमा खसेको जनाएको छ। अमेरिका र इजरायलले बमबारी सुरु गरेपछि इरानले पछि छिमेकी देशसहितका विभिन्न स्थानमा आक्रमण थालेको हो।





















