खोज तथा उद्धारमा सहयोग गर्न ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

रसुवामा आएको बाढीपछि खोज तथा उद्धारमा सहयोग गर्न दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ। दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयका अनुसार नेपाल सरकारको आग्रहमा टोली पठाउन लागिएको हो। टोलीले नेपालमा करिब १० दिनसम्म खोज, उद्धार तथा राहतका काममा सहयोग गर्नेछ।

यसअघि बाढीमा बेपत्ता भएका नौ कोरियाली कामदारको खोजीका लागि दक्षिण कोरियाले द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको छ।