धर्म र अध्यात्म २७ः तीजको रौनक

अच्युतप्रसाद पौडेल ‘चिन्तन’
बाबुको मुख हेर्ने पर्व कुशेऔंशी सकिनासाथ हिन्दुुुनारीहरुको एकलौटीपर्व तीज विशेष सुरु हुने गर्छ । तीज पर्वलाई हरितालिका भनिन्छ, अघिल्लो रात्रि आडिलोे बस्तु दर खाएर तीजमा व्रत बस्ने गरिन्छ । पर्वतराज हिमालय र मेनका पुत्री पार्वतीले शिवसंग बिहे गर्ने इच्छाले निष्ठापूर्वक हरितालिका व्रत बसेर सो उद्धेश्य पूरा गर्नका लागि अघिल्लो दिनको रात्रिमा ३ अँजुली पानी पिएर दर खाएकी थिइन्, जसको कारण तीज आरम्भ भयो त्यसको मौलिकता सकिने गरी हिजोआज काम भइरहेको देख्दा अचम्म लाग्छ । एकान्तस्थलमा गई शिवको प्रार्थना गरेको कारण सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका को अर्थमा यसदिनलाई हरितालिका भनिएकोे कुरा भविष्यपुराणमा वर्णित छ । भाद्रशुक्ल तृतीया नै तीज बा हरितालिका हो, अन्य दिन भोजभतेर मात्र हुन्छ, आहार पनि सात्विक हुनुपर्छ, हिजोआज धेरै विकृति देखियो आहारमा पनि, यो हाम्रो संस्कृति बिरुद्ध छ । पार्वतीले शिव पति पाउन ३ हजार वर्ष हिमालमा तप गरिन्, केवल वायु भक्षण र वेलपत्रको रस लिएर, पण रषा गरेकी थिइन्, विहे बल्ल भयो तर सन्तान पाउने अभिलाषामा बाधा परेको थियो, आपूmले भन्दा पहिले आप्mनै दिदी गंगाले पतिका रुपमा महादेवलाई पाएकीले पहिलो सन्तान गंगाबाट स्कन्द कुमार जन्मेका थिए, पार्वतीले गंगाको व्रतमा भाँजो हाल्दा शिव रुपका दूर्वासाले मानसपति भोलेबाबाबाट सन्तान पाउने वरदान गंगाले पाएकी थिइन्, पार्वतीलाई दुर्वासाबाट श्राप परेको थियो ।
तीज पर्वभरि प्रायशः बिबाहित स्त्रीहरु आप्mनो माइतीघरमा बसेर पूर्ण स्वतन्त्र रुपमा तीजपर्व मनाउने गरिनु पर्ने हो । छोरीवेटीहरुलाई तीज विशेषमा दाजुभाइहरुले माइतीमा विशेष निम्ता गर्ने चलन रहेको हो बाबुको मुख हेरेपछि तीजको निम्तो लिने हो । वर्षभरिका दुःख, कष्टलाई विर्सेर हँसी, ठट्यौली गर्दै श्रीशिवको अनुष्ठान गर्दै मनाइने पर्व तीजमा रसिला, मीठो र व्यङ्गयात्मक गीतहरु गाउने, नृत्य गर्ने पनि चलन हो । तीजका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गर्ने हो, साँझ साथीहरुसाथ बालुवाको शिव लिंग बनाई महादेव – पार्वतीको पूजा गर्ने हो । दीप, कलश, गणेश र बालुवा प्रतिमा सहितको शिवलिङ्गमा उमामहेश्वरको पूजा गर्ने, सके षोडशोपचार विधिले, नसके यथाशक्ति यथाभक्तिले । तीजका दिन रंगीन, सौभाग्यका कपडाहरुले सजिने हो, ठाँटिएर देवस्थल शिवमन्दिरमा जाने हो । पशुपतिनाथ मन्दिर, कुम्भेश्वर, गोकर्णेश्वर त्यसैका लागि तय भएका हुन्, काठमाडौँ उपत्यका बाहिर पनि यत्रतत्र मठ, मन्दिरहरु बनेका छन् । तीजको व्रतले पतिको दीर्घायु, परिबारको कल्याण र आप्mनै पनि सुख, समृद्धिको आशीष मिल्नेछ । यसको चलन आज होइन पौराणिक कालदेखि शुरु भएको हो, वीज तत्वलाई मर्न दिनु हुँदैन । तीजको पूर्णता चौथीमा अगस्त्य र लोपामुद्रालाई अर्घ दिएर, चौथीकै दिन गणेश जयन्तीको विशेष उपासना गरेर र पन्चमीका दिन विशेष स्नान गरी सप्तर्षिको पूजा र कथा श्रवणबाट हुन्छ । भाद्र शुक्ल चतुर्थी श्रीगणेशको धर्ती अवतरित दिन हो । सती अरुन्धतीसहित सप्तर्षिहरु कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, जमदग्नि, गौतम एवं वशिष्ठ ऋषिहरुको विशेष व्रत उपासाना, दर्शन पूजन गरिने हुनाले तीज समापनको दिनलाई ऋषिपञ्चमी भनिएको हो । काठमाडौँको टेकुस्थित सप्तर्षिथानमा सो दिन पाइला राख्ने ठाउँ हुन्न, व्रतालुहरु ओइरिएरै त्यहाँ पुग्छन्, नाच, गान त भव्य नै हुन्छ ।
प्रकृतिको विधान छ, नारीधर्म, रजस्वला भनौँ मासिक धर्म । सिर्जनालाई निरन्तरता राख्न निश्चित विधानहरु तोकेको छ धर्म शास्त्रले र त यस्तो अधिकार केवल महिलामा मात्र छ । अघि ब्रह्महत्या दोष देवताका राजा इन्द्रवाट झिकी विभिन्न ४ स्थानहरुमा राखियो, नदीको पहिलो छाल, जमिनको अग्लोे शिखर, आगोको पहिलो ज्वाला र स्त्रीको रजस्वलामा । नारी रजस्वलाका समयमा स्पर्श दोष लाग्ने भयो, पानीको पहिलो छालमा नुहाउन नहुने, अग्लो भागमा अक्सिजन नहुने, आगोको पहिलो ज्वालामा खाना पकाउन नहुने कारण यसैले गर्दा हो । रजस्वलाको समय खाद्यान्न सामग्रीहरुबाट पर रहनु पर्ने र चार दिनमा स्नान गरेपछि मासिकधर्म दोष निवारण हुने कुरा शास्त्रमा वर्णित छ । नारी रजस्वलाले रक्त शुद्धि गराउने हुन्छ, र रजस्वलाको ४ दिन पछिको जोर रात्रिको सम्भोगले पुत्र र विजोर रात्रिले पुत्री पैदा हुन्छन, यो क्रम १६ दिनसम्म मात्र जारी रहन्छ र सन्तानोत्पादनका लागि अर्को मासिक धर्म आबश्यक पर्छ । हिजोआज टेष्टटयूव बेवीका लागि यो नमिल्न सक्छ । स्त्रहिरको पेट भनेको ईश्वरको कारखाना हो जहााबाट सबै अँग प्रत्यँग सहितको मान्छे निर्माण हुन्छ, दाँत बाहेक, दाँत सहित जन्मदा सन्त तुलसीदासले आप्mनी आमालाई जन्मना साथ गुमाएका थिए ।
स्त्रीहरुको रजोधर्म दोषको निवारणहेतु ऋषिपंचमीको व्रत र सप्तर्षिहरुको पूजा, कथा श्रवण गर्नु पर्ने हुन्छ । पूजा गर्नुअघि नदीमा गई विशेष स्नान गर्ने, वर्षभरिका अशुद्धिहरु हटाउन ३६५ वटा दतिवन लगाउने, पञ्चगव्यले स्नान गर्ने विधान छ । मन्दिर जान नसक्नेले घरमै पनि सामुहिक पूजा र कथा श्रवण गर्ने गर्छन् । नारीजातिमा प्रति मास देखा पर्ने रजोधर्ममा ब्रह्महत्या दोष रहने र त्यसको निवृति हेतु ऋषिहरुको दर्शन, पूजा गर्नु पर्ने हुन्छ । मानिसले ऋषिऋण चुक्ता गर्न सकेको हुँदैन, जनैपूर्णिमामा सप्तर्षि पूजा गर्छन् पुरुषहरुले र नारीहरुले तीजमा । नारीहरुको गलामा ब्रह्मसूत्र हुन्न र त्यसको विकल्प भनेको तीजको सप्तर्षि पूजा नै हो । माता अरुन्धतीले ब्रह्मसूत्र खोज्नु भएन र उहाँकै नाममा सौभाग्य अर्पण गरिन्छ, ऋषिपन्चमीको पूजा गर्दा । ऋषिपंचमी व्रतीले यसदिन एकछाक खाने, नरोपीकनै उम्रने अन्न सामा, कागुनो, कन्दमूल (कर्कलो) आदिले हविष्यान्न भोजन गर्नु पर्छ । महिनावारी भएका वखत अन्जानमा भएका त्रुटिहरुको प्रायश्चित गर्ने एकमात्र सरल उपाय हो यो । यसले तेज वृद्धि हुने, दीर्घायु, निरोगीे र पूर्ण सौभाग्यवती गराउँछ । स्त्रीले साष्टाँग प्रणाम गर्नु पदैृन नमन मात्र गरे पुग्छ, अरको गोडा पति बाहेक कसैको स्पर्श गरिराख्नु पर्दैन, पूजा व्रतारम्भमा न्यास पनि गर्नु पर्दैन, नारी राजस्वला स्नानले नै सबै अँग चोखा हुन्छन्, पातिव्रता धर्म नारीको सुहाग हो, सिन्दुर , ारातो टिका हो, परन्तु आप्mनो धर्म, संस्कृति, संस्कार विपरीत देखिन थालेको प्रसंग छ अहिले । आदर्श विपरीत नारीहरुले व्यासासनमा आँखा लाउन थालेका छन्, सीतालाई अर्ति उपदेश दिने नारी सती अनुसूयाले व्यासको आसन खोजिनन्, न लोपामुद्राहरुले नै । पतिव्रता नारीमा मृत्यु छेक्ने शक्ति हुन्छ, नारी शक्तिमा दुर्गा, काली, लक्ष्मी, सरस्वतीको बल हुन्छ । नारी धर्ती हो सहनशीला पनि हुन्छिन्, आबश्यक परे रणचण्डी बनेर मार्न खोजेको शत्रु विन्ध्यबासिनी भई कंसको कालको संकेत पनि दिन सक्छिन्् ।