महाधिवेशन उद्घाटन स्थल बाहेकका स्थानमा कांग्रेसले प्रचार सामग्री नराख्ने

नेपाली कांग्रेस महाधिवेशन स्थलबाहेक क्षेत्रमा प्रचार प्रसारका सामग्री नराख्ने भएको छ । महाधिवेशन उद्घाटन स्थल खुलामञ्च बाहेक उपत्यकाका अन्य स्थानमा प्रचार सामग्री नराख्ने जानकारी गराइएको छ ।

कांग्रेसका शीर्ष तहका नेताले दिएको जानकारी अनुसार खुलामञ्च क्षेत्र बाहेक स्थानमा पर्चा, पम्पलेट, आकाशे पुलमा व्यानर लगायका प्रचार सामग्री राखिने छैन ।