पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृहमन्त्रालय स्रोतले अर्याल पक्राउ परेको जनाएको हो ।
मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् । उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलिसकेको छैन ।


















