स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र दिगो बनाउन स्वास्थ्य मन्त्रालयले ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा भएको छलफलपछि संशोधन विधेयक तयार गरी कानुन मन्त्रालयमा पठाइएको छ ।
प्रस्तावित संशोधनमा सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र सबै नागरिकलाई बीमाको दायरामा ल्याउने तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको उपचार खर्च राज्यले बेहोर्ने व्यवस्था समेटिएको छ । साथै, स्वास्थ्य बीमासम्बन्धी विभिन्न कोषबीच समन्वय, सेवा विस्तार र अनावश्यक परीक्षण तथा गलत दाबी नियन्त्रण गर्ने योजना पनि अघि सारिएको छ ।


















