काठमाडौंको टेकुस्थित लामो समयदेखि बन्द बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन उत्पादन परीक्षण सुरु गरिएको छ। ‘काठमाडौं जलवायु कार्य सप्ताह २०२६’ को अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले संयुक्त रूपमा प्लान्टको उद्घाटन गरेका हुन्।
परीक्षणपछि प्लान्ट सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। २०७२ सालमा निर्माण सुरु भई २०७५ देखि सञ्चालनमा आएको प्लान्टबाट दैनिक तीन मेट्रिकटन जैविक फोहोर प्रशोधन गरी १४ किलोवाट बिजुली, ३०० किलो जैविक मल र १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको छ।


















