धादिँगको नरसिँहधाम बहु चर्चामा छ केही समय यतादेखि । विश्व हिन्दु महासंघ काठमाडौँले केही समयअघि यहाँको यात्रा तय गरेको थियो, तर स्वास्थ्यले साथ दिएन, छुट्यो । विश्व हिन्दु महाँसंघ बाग्मती प्रदेशले धादिँगमा प्रदेश सम्मेलन र धादिँग जिल्ला भेला गरायो, कार्यकममा निम्तो पनि आयो, हजूर यसैमा नरसिँहधामको पनि यात्रा मिलाउनु पर्छ । तर जव यात्रा निश्चित भयो, प्रदेश समितिका महासचिव नरसिँहधामको यात्राबाट पछि हटे, तर धादिग सम्मेलनमा त जानै पर्ने भयो, यसै साताको कुरो हो ।
काभ्रेबाट केही साथीहरु लिएर ठूलो बस आयो विहाननै नौ बजे चाबहिलमा, साथीहरु थपिँदै गए थानकोट नपुग्दै गाडी भरियो, धदिँगबेसी पुग्दा तीन बज्यो धेरै समय लियो यात्राले । तुरुन्तै सम्मेलन बैठक शुरु भइहाल्यो, पंक्तिकारबाट स्वस्तिवाचन मन्तव्य भई कार्यक्रम शुरु भयो । बाग्मती प्रदेशका १३ जिल्लाबाट सक्दो सहभागी भयो, भोलिको बैठकले मूल विषयहरु पारित गर्ने गरी र खासमा देशलाई धर्मनिरपेक्षबाट हटाउन राज्यलाई दवाव दिने गरी उपस्थित सबैले विषयबस्तुमा मन्तव्य, धारणाहरु राखे, साँझ, आजको कार्यकम सकियो र भोलि विहानै नरसिँहधाम जाने कुरो चल्दा आनाकानी भयो आयोजकको । तर धेरैको चाहना थियो जाने नै । कार्यक्रम उद्घाटनमा नीलकण्ठ नगरापालिकाका मेयर धादिँगबेसीका भीम ढुँगाना रहेका थिए, प्रमुख अतिथि । यही मौका पारेर धाम लगिदिने विषयमा पंक्तिकारले मेयरसंग कुरो राख्दा एक बस होइन सबै जाने गरी ३ बस म तयारी गर्छु,, यो हाम्रो सौभाग्य हो भने । बस् तोकिएका कार्यक्रम १ बजे नै सकेर हामी २ गाडीहरु लिएर नरसिँहधामतिर लाग्यौँ ।
धादिँगबेसीबाट गाडी उकाली चढ्दै गयो, निकै अग्लाइमा, कृषि कार्य उर्बर देखिन्थे त्यहाँ, बाटो करिव राम्रै रहेछ कालोपत्रे सहितको । जति उकाली चढ्यो गाडी त्यति नै धेरै ओराली पनि, नेत्रावती खोलाको तीरमा गाडी रोकियो । मैले पसलेलाई सोधेँ, धाम पुग्न अब कति बाँकी छ ? पसलेको उत्तर आयोः अब आधा घण्टा लाग्छ, पुल तरेर, अहिले २८ कि मि पूरा भएको छ, अभैm छ १० कि मि जति, बस् बल्ल थाहा भयो धादिँगबेसी र यसको दूरी, पहिले आयोजकले भनेका थिए, जम्मा ६ कि मि, तर पछि धेरै सुनेर हच्किएका रहेछन्, खर्च बढ्ने देखेर ।
केही कच्ची केही पक्की तर भीर, पाखा भए पनि विशाल तराईको क्षेत्र, समथर जमिन समेत देखिएको त्यो ठाउँमा पुग्दा निकै नै रमाइलो लाग्यो, उर्बर भूमि देखेर तर राज्यले जनतालाई खाडी बा सहरमुखी बेरोजगार बनाएको छ, खाद्यान्न आयात गराएको छ ।
भागवतमा नृसिँह अवतारको प्रसंग छ । हिरण्यकशिपु खसुरकुलको थियो । उसले श्रीविष्णुसंग ठूलो बैर गर्यो तर उसको छोरा प्रह्लाद विष्णु भक्त थिए । बाबुले प्रह्लादलाई मार्ने नियत राखेर बहिनी होलिकालाई प्रयोग गर्यो, होलिकासंग अग्निशमनको क्षमता थियो । प्रलहादलाई काखमा राखेर मार्न लाग्दा उल्टै होलिकाको दहन भयो । प्रल्हादको सुरक्षाका लागि श्रीवष्णुले उनका बाबुको आन्द्रा थुतेर हत्या गरिदिएका थिए । तेरो ईश्वर कहाँ छ खम्बामा पनि छ कि भनेर सोद्धा, हो त्यहाँ पनि छ भन्ने उत्तर पाउँदा खम्बाबाटै प्रकट भई नृसिँहको अबतार लिएर भक्त प्रह्लादको रक्षा गरेको प्रसंग शास्त्रहरुमा छ । उसले ब्रह्माबाट अभयको वरदान पाएको थियो, रातमा नमारिने, पुरुष, स्त्रीबाट नमारिने, दिवा रात बा कुनै शस्त्रले नमारिने, प्रकृतिको नियमका सबै विषयहरुबाट नमारिने अभय वरदान पाएर हिरण्यकशिपुले पृथ्वीको दिग्विजय गरेको थियो । तर चलाखी गरेर प्राकृतिकभन्दा पृथक र नियमित भन्दा अतिरिक्तको समय निकालेर नँग प्रयोग गरेर न मान्छे न पशुको अवतार नरसिँहको रुप लिएर असुरलाई बध गरिएको त्योक्षेत्र केही समययतादेखि मात्रै चर्चामा आएको र धामका संरक्षकले सबै प्रस्तर, मूर्ति लगायत त्यहाँका गतिविधि र प्रह्लादले तप गरेको विशाल ढुँगो, दुई नदीको सगम, गौशाला, गुरुकूलदेखि त्यहाँ बनेका अर्बौँ रकमका संरचनाहरु पनि देखाए हामीलाई ।
नेत्रावती खोलो र बूढीगण्डकीको संगम तीर्थस्थल नै नरसिँहधाम हो, केही तल झर्दा खोला दोभानमा पुग्यौँ हामी । बूढी गण्डकीबाट जलविद्युत आयोजना सन्चालन गर्दा त्यो क्षेत्र विशाल पानीमा पुरिने सम्भावना रहेछ तर त्यहाँका संरक्षकको भनाइमा हाम्रो डि पि आर छुट्टै प्रविधिले भनेको छ सय्यौँ मिटरको जलाशयले पनि धामलाई झन् शोभा दिने गरी पानी भित्रैको प्रविधिले सुरक्षित हुने गरी तय भएको छ यहाँको भन्ने कुरो राखेको पाइयो । चारैतिर पहाड छ, बीचमा भागका संरचना छन् र दुई नदीको संगमको जलाशयले धामलाई झन् शोभा दिन्छ भनिएको पाइयो त्यसको प्रविधि के हो आपूm प्राविधिक परिएन र चासो खासै राखिएन, पछि अवगतै होला । गत २०६६ सालदेखि मात्रै चर्चामा आएको नरसिँहधामको विशालतम संरचना हेर्न जो कोही पनि हिजोआज उत्सुक देखिएका छन्, साँच्चै मनमोहक नै रहेछ ।
काठमाडौँबाट छोटो दूरी धादिँगबेसी पुगेर करिव ४० कि मि को उकाली र ओराली पार गर्दै त्यहाँ पुग्न सकिन्छ, मलेखु वरैको त्रिशूली पुलबाट करिव २५ कि मि यात्रापछि धादिँगबेसी पुगिन्छ । कसिकसाउ गरेर गाडी रिजर्भ गर्दा नरसिँहधामको दर्शन गरेर रातमा काठमाडौँ फर्कन सकिन्छ । हामीलाई अलि बढी समय लाग्यो र निबास पुग्दा रातको २ पनि बज्यो कसैलाई, तर उत्कट हाम्रो आकाँक्षालाई नीलकण्ठ न पा का मेयरले पूरा गरिदिए, उनलाई साधुवाद छ, अरु धेरै नगरपालिकाहरुले पनि तीर्थाटनमा मनग्ये सहयोग गरेकै छन् । देश हिन्दु राष्टृ नै हो, वैदिक सनातनीहरुको देश हो र धादिँगको सम्मेलनमा अधिकाँशले मुख खोले कि धर्मान्तरण ज्यादा भयो । हामी अरु धर्मका विरोधी होइनौ तर धर्मान्तरण अपराध हो भन्ने गर्छौँ जहिले पनि । संयोग त कस्तो परेको भने लगभग असीवयका प्रा डा रामचन्द्र गौतम, पन्चाँग समितिका पूर्व अध्यक्ष एकै सिटमा परेका थिए, त्यसो त बाग्मती प्रदेश समितिका धेरै साथीहरु संगसंगै थिए, यात्रा यादगार रहेको थियो, डा रामचन्द्र अधिकारी भने उता नगएर काठमाडौँ फर्किए विहानै, उनी ८४ का थिए । बूढ्यौली बढ्दै जाँदा तीर्थयात्रामा रुचि बढाउने नेपाली शैली पुरानै त हो, अस्तु सबैलाई धन्यवाद र आभार । मित्र अर्जुन सापकोटा, मित्र उद्धवप्रसाद नेपालाईप्रति थप आभार ।


















