मुलुक अस्थिरता र दुर्घटनातर्फ जाँदैछ : नेकपा संयुक्त

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) काठमाडौमा मुलुक अस्थिरता र दुर्घटनातर्फ जाँदैछ : आउनुस् छलफल गरौ भन्ने कार्यक्रम गरेको छ । काठमाडौको भोटाहिटिमा गरिएको कार्यक्रममा नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेब जोशी नेताहरु घनश्याम भुसाल ,कृष्ण प्रसाद भण्डारी ,मधु बस्नेत लगायत सहभागि हुनु हुन्थ्यो । कार्यक्रममा पर्चा बितरण गरिएको थियो जसमा निम्न बिषय उठाईएको छ ।

१. नेपालमा सबै थोक छ । हामीसंग सानो जनसंख्या, त्यसलाई पग्ने प्रचुर मानवीय र प्राकृतिक साधन–श्रोत, अनेकौं जातजाती, संस्कृति र भूगोलका जनताको सहिष्णुता र साझेदारीको अनुपम उदाहरण, सबै नेपालीको साझा हितमा बनेको संविधान, कसैको उपनिवेश नबनेको गौरपूर्ण इतिहास छन् । हामीसंग नभएको एउटै करा हो: इमान्दार र जिम्मेवार राजनीतिक नेतृत्व: । नेपालमा १०/१२ वर्षमा उथलपुथल हुने, नयाँ आशा पलाउने र फेरि नालायक नेताबाट मुलक ठगिने इतिहाँस दोहोरिइरह्यो । दुर्भाग्यवश, जेन्जी आन्दोलन र २४ गतेको विध्वंशपछि पनि हामी फेरि अझ दुर्दिनतर्फ जादैछौं ।

२. संविधान जारी भएपछि यो राष्ट्रको सर्वोपरी उद्देश्य सबै नेपालीलाई रोजगारी र सबै सुशासनको स्थापना हुन पथ्र्यो । खासगरी सबै श्रमिक, कृषक र उद्योगीहरुको संरक्षण गर्नु शिक्षा र स्वास्थ्यमा गरिव जनताको पहुंच ग्यारण्टी गर्नु पथ्र्यो , न्यायपालिका र प्रशासनमा भ्रष्टाचार अन्त्य गर्नु पथ्र्यो र सबै खालका विभेदलाई अन्त्य गर्ने राष्ट्रिय अभियान चलाउनु पथ्र्यो ।सबैभन्दा महत्त्वपूर्ण कुरा भ्रष्टाचार नगर्ने, गर्न नदिनेहरुका पार्टी हुनु पथ्र्याें। त्यतिमात्रै गरिएको भए गएका १० वर्षमा सबै नेपालीलाई आधारभूत रोजगारी र सुशासन भएको राज्यको ग्यारेन्टी गर्न सकिन्थ्यो । अहिलेसम्म मध्यम आय भएका मुलुकहरुको नजिक पुगिसकेका हन्थ्यौं, समृद्धितर्फ बहेका हुन्थ्यौं । समाजवादको पहिलो आधार तयार गरिसकेका हुन्थ्यौं । गष्ट्रिय जागरणले बलियो राष्ट्र वन्थ्यो । दश वर्षमै मुलुकले कांचुली फेरिसकेको हुन्थ्यो ।

३ राजनीतिक पाटीका नेताहरुको नालायकी, नाङ्गो सत्तालोलुपता, लोकतन्त्रमाथि खेलवाड र निर्वाचन तथा सरकार निर्माणमा भएका अनैतिक गठबन्धनहरु, मुलुकको राजनीति, सरकार, ससद, न्यया प्रणाली तथा मुलुकी प्रशासन केही दलाल तथा विचौलियाहरुको नियन्त्रणजस्ता विकृतिले जनतामा निराशा वढ्दै गयो। राजनीति, नेता र पार्टीहरु बदनाम हुँदै गए। जनताको आक्रोश जेन्जी आन्दोलनको समर्थनमा पोखियो । देशभित्र र बाहिरका षडयन्त्रकारी, पुनरुत्थानवादी, पपुलिष्ट, सामाजिक लफङ्गा तथा अपराधीहरुले त्यस आन्दोनललाई अपहरण गरे र देशभरी आगजनी, लूटपाट र तोडफ ताण्डव नाचे । राज्यको सम्प्रभुताले घुँडा टेक्यो । सरकार र संसदले आत्मसमर्पण गरे । राजनीतिक पार्टीहरुले औचित्य गुमाए । तिनका नेताहरुले ज्यान जोगाउन भागाभाग गरे । ७६ जनाको गयो । करिव १ खर्व रुपियाँ बराबरको धनमाल लुटियो, जलाइयो वा तोडफोड भयो । त्यसले हाम्रो सामाजिक सम्बन्ध र मनोविज्ञानमा ठूलो आधात लागेको छ । हामी नेपालीको आँत हल्लिएको छ । तर राजनीतिमा सुधारको कुनै सङ्केत छैन ।

४. भदौ २३ र २४ गतेका धक्कापछि पार्टी र नेताहरुले शिक्षा लिनु पथ्यौं, राजनीतिक पार्टी पनर्गठन र रुपान्तरण गर्नु पथ्र्यो। सत्ता स्वार्थका लागि मुलुकको राजनीतिलाई नै बर्बादीमा धकेल्ने नेताहरुलाई हटाएर नयाँ सङ्कल्पका साथ नयां नेतृत्व आउनु पथ्यथ्र्यो। त्यसले पार्टी र राजनी जनताको विश्वास पुनर्जागृत गथ्यों । तर ३/४ महिना नबित्दै राजनीतिलाई कब्जा गरेर मुल भयानक सङ्कटमा धकेलेका पुराना पार्टीका नेताहरु फेरि व्युतीएका छन् । समाजले दुत्कारेका र अस्वीकार गरिसकेका नेताहरु नै पार्टी नेतृत्वमा फर्किएर सबै नेपालीलाई चुनौति दिन थालि छन् । स्पष्ट छ कि यिनीहरुले आफ्ना नालायकी र कालाकर्तुतहरु लुकाउन र सत्ताभोग गर्न भबिक्ष्यमा पनि अनेक भांडभैलो गर्नेछन् ।

५. हाम्रा पुराना पार्टीका नेताका मतियार भए। ती सबै पार्टीहरु नेताका जमिन्दारीजस्ता भए, तिनमा लोकतन्त्र छैन। नयाँ भनिएका पार्टीहरु पनि भरर्दा देखिएन। तिनीहरुमा विचार–सिद्धान्त छदै छैन जसरी हुम्छ छिटो सत्तामा पुग्ने हुटहुटी बाहेक अर्थाेक छैन। तिनीहरुले पद र सत्ताको भागवण्डाका लागि जसरी लुछाचुडी गरेका छन्, जस्ता चर्तिकला देखाउँदै छन्, त्यसबाट उनीहरु पनि पुराना नेताका नयाँ सन्तान नै हुन् भन्ने देखिन्छ। तिनीहरुले आफैलाई जेन्जीका असली प्रतिनिधि भनेर जसरी प्रचार गर्दैछन् त्यसले राजनीतिमा चासो राख्न नयाँ पिढी पनि नराम्रोसँग ठगिदै छ, जेन्जीको भावनाको अपहरण हुदैछ भन्ने स्पष्ट पार्छ। के कुरा ठोकुवा गर्न सकिन्छ भने अन्न्यत: तिनीहरु पनि विचौलीया–दलाल पंजीपतिकै गोटी बन्ने छन्। राजनीतिमा यिनै पुराना र यिनै नयाँहरुको हालीमुहाली हुदा विदेशीहरुको हस्तक्षेप अझ बढ्ने छ, हाम्रो स्वाधिनता अझ कमजोर हुनेछ । यसरी आजका नयाँ वा पुराना पाटीका गठबन्धनमध्ये निर्वाचनमा जसले जिते पनि मुलुक अझ डरलाग्दो अस्थिरता र द्धन्द्धको सरुङमा फस्दैछ । हामीमाथि नदी २३र २४ गतेजस्ता अरु दुर्घटनाहरु मडराउदै छन्।

६ लोकतन्त्रमा राष्ट्रको नेतृत्व राजनीतिक पार्टीले गर्छन् । राम्रो विचार र सङ्गठन भएको पार्टीविना बलियो राष्ट्र बन्दै बन्दैन । त्यसैले असल पार्टी बनाउन चासो राख्नु, छलफल गर्नु र योगदान गर्नु हरेक नागरिकले दायित्व हो। नेपालले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्यायो तर लोकतान्त्रिक गणतान्त्रिक नेतृत्व भएका राजनीतिक पाटी पाएन। त्यस्तो पार्टीबिना जतिवटा चुनाव गरे पनि मलकको सङ्ककट समाधान हुदैन । श्रमिक, कृषक र उद्योगीको संरक्षण गर्ने, शिक्षा र स्वास्थ्यमा जनताको पहुंच ग्यारण्टी गर्ने, राज्य र राजनीतिका भ्रष्टाचारलाई अन्त्य गर्ने, सबै विभेदहरुको अन्त्य गर्ने सिद्धान्त र सङ्गठन भएको पार्टी आज मुलुकले खोजेको पार्टी हो, इमान्दार र जिम्मेवार नेतृत्व भएको पार्टी हो। हाम्रा नौजवानहरु पलायन भैरहेको डरलाग्दो यथार्थलाई बदल्ने र देशमै रोजगारी दिने योजना भएको पार्टी हो । त्यसैलाई हामीले घुस नखानेहरुको पार्टी भनेका हौं। सङ्क्क्षेपमा, आज मुलुकले पुराना वा नया भनिएकाहरुको विकल्पमा नयाँ राजनीतिक एजेण्डा खोजेको छ ।

७. हामी सम्पूर्ण देशभक्त, लोकतान्त्रिक तथा प्रगतिशील बुद्धिजीवी, श्रमजीवी, किसान, उद्योगी–व्यवसायी, विद्यार्थी, जागरुक युवा तथा जेन्जीहरुलाई मुलुकका सम्भावित दुर्घटनातर्फ ध्यान दिन अनुरोध गर्दछौं। निर्वाचनमा पुराना भनिएका पार्टी र तिनका नेतालाई सोधौं ’तपाईंहरुको नेतृत्वमा किन यो मुलुकको राजनीति बर्बाद भयो ?’ नयाँ भनिएकाहरुसंग सोधौं– ’तपाईंको कुन विचार–सिद्धान्त र सङ्गठनले हाम्रो राष्ट्रको दुर्गति रोकिन्छ ? यी प्रश्नको उत्तर खोज्न सकिएन भने आगामी निर्वाचनको परिणामले देशलाई केही पनि दिने छैन। हामी हार्दिक अपील गर्दछौँ आज नेपालले कस्तो राजनीति, राजनीतिक पार्टी र नेतृत्व खोजेको छ भनेर सार्वजनिक छलफल गरौं। तपाईं हाम्रा सामुदायिक तथा पेशागत सङ्गठन र राजनीतिक पार्टीमा छलफल गरौ ।

घुस नखानेहरुको राजनीतिक पार्टीबारे देशव्यापी छलफल गरौं !!!
यिनै मुद्दाका साथ आगामी निर्वाचनमा सहभागी बनौँ !!!
चुनाव चिन्ह हसियाँ
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) २१ पुष, २०८२