सरकारका प्रवक्ता तथा मन्त्री सस्मित पोखरेलले सुकुमबासी बस्ती हटाउँदा जबरजस्ती प्रहरी बल वा डोजर प्रयोग नगर्ने स्पष्ट पारेका छन् ।
उनले सरकारले अनुरोधमार्फत उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको बताए । बाढीका कारण केही बस्ती जोखिममा परेकाले त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न लागिएको उनले जानकारी दिए ।
साथै, सरकारले सुकुमबासीको विषयमा राजनीति नगरी वास्तविक सुकुमबासीको पहिचान गरी दीर्घकालीन समाधान गर्ने तयारी गरिरहेको पनि उनले बताए।


















