काठमाडौं, जेठ १७ — नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) ले प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता दिनेश बर्ताैला द्वारा जारी प्रेस विज्ञप्तिमा उक्त अभिव्यक्तिलाई तथ्यहीन, गैरजिम्मेवार तथा राष्ट्रिय हितविपरीत भनिएको छ।


















