७६ जना जो मरे, उनीहरू तपाईंहरूलाई सत्ताको सिँढी चढाउन मात्र मरेका होइनन् : ज्ञानेन्द्र शाही

राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सरकारलाई ६ महिनामा कामको सुरुवात के–के भयो भन्ने प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो प्रश्न गरेका हुन् । शाहीले जेन-जी आन्दोलनको क्रममा निधन भएकाहरू अहिलेका सरकारमा रहेकाहरूलाई सत्तामा पुर्‍याउन मात्र नभएको बताए ।

‘जेन-जी आन्दोलनका क्रममा अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले घाँटी सुकाइसुकाइ कराएको हत्याराहरू हुन् भनेको एक जना मान्छे पक्राउ गर्न सक्नुभयो ? कहाँ छन् आज तिनीहरू ? ७६ जना जो मरे, तपाईंहरूलाई सत्ताको सिँडी चढाउन मात्र मरेका होइनन् । तपाईंहरूको जति योगदान छ, त्यति हाम्रो पनि छ,’ शाहीले भने ।