प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विशेष समारोहका बीच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन् । प्रधानमन्त्रीले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरेका हुन् ।
जसले गर्दा पर्यटकीय सहर पोखरा आज आइतबारदेखि औपचारिक रूपमा पर्यटनको राजधानी बनेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको निरन्तर दबाब सिर्जना गर्दै आएको थियो । प्रदेशले योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो । समितिकै सिफारिसका आधारमा प्रदेश सरकारले फागुन २३ गतेको मन्त्रीपरिषद् बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर पोखरालाई राजधानी घोषणा गरिएको हो ।


















