‘१२ गाउँ’ फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक

अभिनेता बिराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा डेब्यु अभिनेता समीर भट्टले प्राथमिकता पाएको छ । समीर निर्देशक भट्टका छोरा हुन् ।

समिरले भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएका छन् । आगामी दसैँमा प्रदर्शनमा आउने ‘१२ गाउँ’ अहिले छायाङ्कनको अन्तिम चरणमा छ ।

पोस्टरमा समीर ‘एङ्ग्री’ अवतारको भूमिकामा देखिएका छन् । निर्देशक विराजका अनुसार नेपालमा फिल्मको छायांकन पूरा भएको छ । एक एक्सन दृश्यको छायांकन भारतको मुम्बईमा गर्नु पर्ने भएकाले अबको १० दिनमा सम्पूर्ण छायांकन सकिने उनको भनाइ छ ।

यो फिल्ममा एक्सन-थ्रिलर जनरामा आधारित छ । यसैबाट अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दै छन् । उनीहरूसहित बिराज, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु),लगायतको अभिनय रहने बताइएको छ । बिराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको यस फिल्मको कथा हो भने सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।