श्रोत नखुलेको ३८ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिकाका ४८ वर्षीय माधव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई विशेष सूचनाको आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनको साथबाट प्रहरी ३८ लाख रुपैयाँ नगद, एउटा स्कुटी र सामसुङको मोबाइल बरामद गरेको छ । प्रहरीका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।


















