मालिका गाउँपालिकालाई राष्ट्रिय स्तरमा चिनाउने काम गरेका छौ , उपेन्द्र अर्याल उपाध्यक्ष मालिका गाउँपालिका

तपाईहरु गाउँपालिकामा निर्वाचित भएर आएको दुई बर्ष भन्दा बढी भयो , यो दुई बर्षमा गाउँपालिकामा के कस्ता कामहरु गर्नु भयो ?
हामीले यो दुई बर्षमा गरेका कामलाई दुई भागमा बाढेर हेर्न सकिन्छ । एउटा सुशासनको पाटो, अर्काे बिकास निमार्णको पाटो । सुशासनको पाटोबाट हेर्दा हामी यो बर्षको बित्तिय आयोगले गरेको कार्यसम्पादन मुल्यानकना ४६० गाउँपालिका मध्ये मालिका गाउँपालिका प्रथम भएको छ भने ७५३ स्थानिय तह मध्ये मालिका गााउँपालिका तेस्रो भएको छ । त्यसैगरी हामी आउनु अघि सम्म हाम्रो गाउँपालिका बेरुजुको मात्रा ठुलो थियो । हामी आए पछि त्यसमा कमि आएको छ कमिमात्र होईन हामी गुल्मी जिल्लामै बेरुजु कम हुनेमा तेस्रोमा छांै । यसैगरी शिक्षा स्वास्थ्य बाटो घाटो खानेपानी लगायत बिकास निर्माणका काम पनि उल्लेख्य मात्रामा गरेका छांै । हामी निर्वाचित भएको लगभग एक बर्षमै हामाीले स्थानीय पाठ्यक्रम हाम्रो मालिका एकै पटक गाउँपालिका भरी लागु गर्यो । यसरी एक बर्षमै पुरै गाउँपालिकामा स्थानिय पाठ्यक्रम लागु गर्ने गुल्मी जिल्लामै हामी पहिलो हौं । हाम्रो गाउँपालिका अलि दुर्गम भएकोले हामीले शिक्षा र स्वास्थ्यमा बढी जोड दिएका छौ । गएको बर्ष मात्रै पैतालिस सय जनालाई स्वास्थ्य शिबिर मार्फत निशुल्क स्वास्थ्य सेवा दियौं । शिक्षामा सुधार गर्न अभिभावक , बिद्यार्थी , बिद्यालयको संचालक समिति संग सल्लाह गरेर कक्षा पाँच , आठ र कक्षा दशका बिद्यार्थीलाइ सेमि होस्टेलमा राखेर पढाउने ब्यवस्था यसै बर्षबाट गरेका छौ । यद्यपी यति गर्दा गर्दै पनि एक दुईटा स्कुलको रिजल्ट रामो्र आउन सकेको छैन । आगामी दिनमा त्यसमा सुधार गर्ने छौ ।

हामीले चुनाबी घोषणपत्रमा एक घर एक धारा भनेका थियौ । सम्भवत यो आर्थिक बर्षमा सके सबै घरमा खाने पानीको धारा पुराउँछौ नभए पनि ९० प्रतिशत भन्दा बढी घरमा खाने पानीको धारा पुराउँछौ । घोषणापत्रमा सालझण्डी ढोरपाटन सडक अन्तरगत हाम्रै सक्रियतामा र अग्रज साथीहरु र नेताहरुको सहयोमा गत बर्ष एक अर्ब पचासी करोड बजेट पारी ठेक्का प्रक्रियामा गएको छ । यो बर्ष पनि पुर्कोट दह देखि आश्राम सम्मको निम्ती ठेक्काको प्रकृयामा छ । यो ६७ करोडको काम हो जसको तुरुन्तै टेण्डर हँुदैछ । यस्ले मालिका गाउँपालिका मात्र छुन्छ । यस्तै सबै वडाका बाटो ग्राभेल गर्दछौ भनेका थियौ बडा नं १,२, ३ को भईसक्यो ६ वडामा हुँदैछ । सातको प्रदेश सरकारले गर्देछ । यद्यपी यसमा केहीसमस्या आएका छन यसलाई पनि प्रदेश सरकारसंग समन्वय गरेर काम अगाडी बढाउँछौ । स्वास्थमा गत बर्ष मालिका वडा नं८ रहेको मालिका माबिमा एकिकृत रुपमा बृहत स्वास्थ्य शिबिर संचालन गर्यौ । दाँत ,मुटु लगायत धेरै रोगको पुर्ण निशुल्क उपचार गर्यौ ।बुटवल वा यस्तै शहरी क्षेत्रमा आएर त्यती उपचार गर्दा २५ हजार जति लाग्ने थियो ।

शिक्षा स्वास्थ्यमा सुधार गर्न खाने पानी बाटो घाटो निमार्ण गर्न धेरै स्रोत साधन चाहिन्छ यसको अवस्था कस्तो छ ?
अवश्य पनि बिकास निमार्णको निम्ती रकम, प्रबिधि ,जनशक्ति सबै चाहिन्छ । आन्तरिक आय कम हुने पालिकालाई काम गर्न धेरै गाह्रो छ । रकमकै कुरा गर्ने हो भने हाम्रो आम्दानी अत्यन्त कम छ । हामी आउँदा आन्तरीक आय ३५ लाख थियो ,गत बर्ष पचास लाख थियो । अहिले ६० लाख अनुमान गरेका छौ । संघिय सरकार , प्रदेश सरकारले समानिकरण अनुदान दिने गरेकोमा त्यसमा पनि कटौती गरेको छ । राजश्व बाँड फाँडबाट आउने रकम पनि २० ्र२५ प्रतिशत कटौती भएर आयरको छ । अहिले पनि ढेढ दुई करोड भुक्तानी गर्न बाँकि छ । जसले गर्दा हामीलाई गाह्रो भईरहेको छ । केही सुरु भएका योजना पुरा गर्न सकेका छैनौ नयाँसुरु गर्न पनि । श्रोतको कमि छ ।

अधिकांश स्थानीय तहले आफूहरुलाई प्रदेश सरकार र केन्द्र सरकारले कानून नबनाई दिदां समस्या परेको र प्राप्त कर्मचारी पनि नभएको गुनासो गर्ने गरेका छन् तपाईहरुकामा अवस्था के छ ?
यो समस्या हाम्रो गाउँंपालिकामा पनि छ हाम्रोमा पनि कर्मचारीको अभाव छ । प्रदेश र केन्द्रले पठाउनु पर्ने कर्मचारी नपठाउने , पठाई हाले पनि कर्मचारी नआउने समस्या छ । अहिले प्रशासनका कर्मचारीको अभावका कारण वडाहरुमा प्रशासनका कर्मचारीले गर्नु पर्ने काम समेत स्वास्थ्यकर्मीले गर्नु परेको छ । कर्मचारी पनि नपठाउने , हामीले पठाएको दरबन्दी पनि स्वकृति नगरेका कारण समस्या भईरहेको छ । त्यसैगरी तपाईले प्रश्न गर्नु भएजस्तै ऐन कानूनहरु पनि बनेका छैनन् । ऐन कानून नबन्दा हामीलाई मात्र होइन सबै स्थानीय तहलाई काम गर्न समस्या परेको छ । यसैगरी विभिन्न ऐन कानून र कार्यविधिहरु स्पष्ट नहुँदा पनि समस्या परेको छ ।

अहिले त स्थानीय तहलाई पनि कानून बनाउने अधिकार छ तपाईहरु आफूले बनाउनु पर्ने कानून बनाउनु भएको छ कि छैन ?
हामीले मालिका गाउँपालिकामा १०३ बटा कानुन र कार्यविधिहरु बनाएका छौं । यो वर्ष मात्रै १८ वटा बनायौं । हामीले त धेरै बनाउन मिल्दैन । प्रदेश सरकार र संघीय सरकारले बनाई दिने कानूनहरु नबाउँदा साच्चै नै काम गर्न समस्या भएको छ ।

कयौं स्थानीय तहमा जनप्रतिनिधिहरु बिच कुरा नमिल्दा स्थानीय तहले राम्ररी काम गर्न सकेका छैनन् तपाईहरुकोमा यस्तो समस्या छ छैन ?
हाम्रोमा अत्यन्त सहज छ । हामी बिचमा कुनै द्वन्द्व छैन । अहिले सम्मका कुनै पनि कार्यपालिका बैठक वा परिषदका बैठक बहुमतबाट पारित गर्नु परेको छैन । सम्पूर्ण जनप्रतिनिधिहरुको सर्वसम्मत सहमतिको आधारमा पारित भएका छन बेठक सम्पन्न भएका छन् ।

अहिले धेरै वटा स्थानीय तहले विभिन्न खालका अनावश्यक कर लगाए भनेर जनताले गुनासो गर्ने गरेका छन् तपाईहरुकोमा पनि त्यस्तै होला नी ?
हाम्रोमा त्यस्तो छैन । यस अघि नै मैले वार्षिक बजेट ६० लाख उठ्ने अनुमान गरेको बताए । बढी कर लगाएको भए यो बढ्थ्यो होला हामीले करको दर भन्दा पनि दायरा बढाउने र न्युन्तम कर ल्याउने गरेका छौं । संघीय सरकार र प्रदेश सरकारले तोकेका करका दर रेट हामीले परिवर्तन गर्न मिल्दैन । हामीले लगाउनेमा अत्यन्त न्यून लगाएका छौं । त्यसैगरी हाम्रो गाउँपालिकामा पिछडिएका जाती आदीबासी जनजातिहरु हुनु हुन्छ । सिफारिसहरु गर्दा पनि न्यून रकम लिने गरेका छौं । तिर्न नसक्ने भए त्यसलाई पनि निर्णय गरेर मिनाहा गरेका छौं ।

तपाई उपाध्यक्ष संयोजक रहने गरी गाउँपालिकामा विभिन्न समितिहरु हुन्छन् तिनका गतिविधिहरुलाई कसरी अगाडि बढाई राख्नु भएको छ ?
उपाध्यक्ष संयोजक रहने गरी पाँचबटा समिती छन । यसमा बढी कामकाजी अनुगमन समिति, न्यायीक समितिका हुन्छन् । अनुगमनको कामलाई तिब्र गतिमा चलाएका छौं । त्यहाँ भईरहेका ठेक्कापट्टाका काम कसरी भई रहेका छन् भनेर हेर्ने गरेका छौं । परिमाण र गुणस्तरमा कुनै सम्झौता हुदैन । त्यस गरी न्यायीक समितिमा १४ वटा मुद्धा आएका थिए ।त्यसमा १० वटा मेलमिलापका आधारमा २ वटा निर्णयका आधारमा मिलायौं र अरु २ वटा प्रकृयामा छन् ।

संघीयता बोझ भयो पनि भन्छन् तपाई आफै जनप्रतिनिधि हुनुहुन्छ तपाईले कसरी लिई राख्नु भएको छ ?
अहिले जनताको नजीकको सरकार भनेकै स्थानीय सरकार त्यसमा पनि वडाहरु भएका छन् । तपाई सँग कुरा गर्दै गर्दा विभिन्न ठाउँमा पहिरोले बाटो अबरुद्ध भयो भनेर फोन आयो मैले ति बाटो सुचारु गर्न ढोजर पठाऔं भने । केही दिन अघि पहिरोमा पनि एकै परिवारका पाँच जनाको दु:खद निधन भयो । त्यहाँ सबै भन्दा पहिला स्थानीय जनप्रतिनिधिहरु पुग्यौ । उद्धार तथा राहातमा खट्यौ । पालिकाबाट निर्णय गरेर केही रकम सहयोग पनि गरौं । यो संघीय ढाँचामा मुलुक गएपछि गाउँपालिकालाई दिएको अधिकारका कारण सम्भव भयो । यसरी दैनिक जनताका समस्या समाधान गर्न स्थानीय तहलाई अधिकार दिएका कारण सम्भव भयो । त्यसैले संघीयता बोझ होइन जनताको घर आँगनको सरकार भएको छ ।

मालिका गाउँपालिकालाई राष्ट्रिय स्तरमा चिनाउन के कस्ता काम गरिराख्नु भएको छ ?

हामीले गाउँपालिकालाई राष्ट्रिय स्तरमा चिनाउन गतवर्ष ललितपुर महानगर पालिका सँग भगनी सम्बन्ध गाँस्यौ । ललितपुर महानगर पालिका सँगमिलेर मन्दिर बनाउदै छौ । यो बर्षको बित्तिय आयोगले गरेको कार्यसम्पादन मुल्यानकना ४६० गाउँपालिका मध्ये मालिका गाउँपालिका प्रथम भएको छ भने ७५३ स्थानिय तह मध्ये मालिका गााउँपालिका तेस्रो भएको छ यो पनि । त्यसैगरी हामीले आफ्नो गाउँपालिकाका उत्पादनलाई काठमाडौंसम्म पुर्‍याएका छौं । यो हाम्रो पहिचान हो । हाम्रो गाउँपालिकामा आलु खेती गर्न आलुको बिउ रोपि रहन पर्दैन । कोदो र मकै खन्दा आलु निकाल्ने अर्को साल पुन: कोदो रोप्ने बेलामा खन्दा फलेका हुन्छ । त्यो एकदमै अर्गानिक हुन्छ । हामीले त्यसलाई काठमाडौं सम्म पुर्‍याई दिएका छौं। म आफै आएर काठमाडौको दरवार मार्गमा रहेको रैथाने सम्म पुराउन काम गरे । त्यहाँ उत्पादन भएको आलुलाई ब्राहान्डीङग गरेर बुटवल देखि काठमाडौं सम्म पालिकालेनै पुर्‍याई दिन्छ । गाउँपालिकामा उत्पादन भएका सबै अर्गानिक वस्तु गाउँपालिकाले आफै किनिदिएर बजारीकरण गर्ने गरेकोथियो । यो वर्ष खाद्यसंस्थानको शाखा खोलिएपछि पालिकासँगको समन्यवमा खरिद गर्ने गरेको छ । त्यसैगरी पालिकाले यो वर्ष मात्रै करिब तीन समय वटा बोका खरिद गरेर किसानलाई दियौं किनकि गाउँ माथि पुरै जंगल छ । बाख्रा पालन गर्न सहज छ । त्यसैगरी साठीवटा बाख्राका गोठ बनाई दिएका छौ । यस बाट बाख्रा पालन बढेर गाउँपालिका मासुमा आत्मनिर्भर हुँदैछ । त्यसै गरी तरकारीमा आत्मा निर्भर छौं । यसरी पालिकाको सामान काठमाडौ सम्म पुराएर आय आर्जन बढाउने पालिका चिनाउने दुबै काम गरेका छौ । २५ हजार ओखरका बिरुवा बितरण गरेका छौ ।

तपाईहरुको गाविस लेकमा पर्दछ त्यहाँ विभिन्न खालका जडिबुटी छन् । त्यसैगरी विभिन्न धार्मिक स्थल छन् तिनको प्रचार प्रसार गर्नकोलागि के कस्ता काम गर्नु भएको छ ?
हामीले मालिकामन्दिर तिखेचुली, चमेरेगुफा , लेख पोखरी लगायतको प्रचार गरेकाछौं । बिेशेष गरि सालझण्डी ढोर पाटन सडक बने पछि हामीले मालिकाको केनद्रलाई हिउँदमा हिउ खेल्ने र गर्मीमा शितलता खोज्ने पर्यटकलाई तान्ने गरि काम गर्नु पर्दछ भनेर लागेका छौं । त्यसैगरी जडिबुटीको प्रबद्र्धन गर्न पनि लागि रहेका छौं । हाम्रोमा चुराइतो , पाँच औले लगायतका जडिबुटी पाईन्छन त्यसको अध्यन गरी प्रबद्र्धन गर्न बिशेषज्ञकै टोली लाादै छौं । जडिबुटी अध्ययन गर्न केही बजेट पनि छुटाएका छौं । त्यसैगरी पंक्षी संरक्षण कार्यक्रम अन्तर्गत मदाने वन क्षेत्रको धेरै भाग मालिकामा पर्ने भएकाले उ सँग समन्वय गरेर काम गर्दै छौं । त्यहाँ २३७ प्रजातीका पंक्षी पाइन्छ । त्यसमध्ये तीन प्रकार प्रजाती कतै पनि नपाईने त्यहाँमात्र यसको समेत प्रमाण प्रत्र लिएर चरा अवलोकन गर्न चाहने पईटक पनि आकृषीत गर्ने योजनामा छौ ।