सवारी दुर्घटनामा १९ जनाको मृत्यु

बेनिघाट रोराङ गाउँपालिका भैंसीगौडास्थित सडकमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग।२ ख १४२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २
सय मिटर तल त्रिशुली नदीको किनारमा खसेर गए राति दुर्घटना हुँदा बसमा सवार ६ जना महिला र १३ जना पुरूष गरी जम्मा १९ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २५ जना मध्ये १४ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा, १० जनाको नेशनल मेडिकल कलेज कलंकीमा र १ जनाको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ ।