पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन राजधानी बाहिरै ग्यास भरेर ल्याउने व्यवस्था सुरु गरिएको छ ।
ग्यास बोकेका बुलेट कृष्णभीर हुँदै जान नसक्ने भएपछि उपत्यका र आसपासका उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगसँग समन्वय गरी ग्यास भर्न थालेका हुन्।
नेपाल आयल निगमले ग्यास उद्योगीलाई राजधानी बाहिर ग्यास भर्ने अनुमति दिएपछि यस्तो वैकल्पिक व्यवस्था गरिएको हो ।


















