सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । सरकारको ६ महिना, स्थानीय तह निर्वाचनको तयारी तथा समसामयिक विषयमा छलफल गर्न सभापति रवि लामिछानेले शनिबार बैठक बोलाएका हुन् ।
बैठक शनिबार अपराह्न ३ बजे बस्ने छ । बैठकका सबै एजेन्डा भने तय भइसकेको छैन । बैठकमा सरकार गठनको ६ महिनाको समीक्षा गर्ने तयारी छ ।
एक पदाधिकारीका अनुसार भोटेकोशी बाढीपछि सरकारले गरेको राहत र उद्धार कार्यको समीक्षा र पुनर्स्थापना एवं पुनर्निर्माणबारे पनि छलफल हुनेछ ।


















