कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी स्कुटर चलाएर काठमाडौंका दुई मासु कोल्ड स्टोरको छड्के अनुगमनमा पुगेकी छन् । उनी पीएसओसहित बालाजुको भ्याली कोल्डस्टोर र सीतापाइलाको बुढाथोकी कोल्डस्टोर पुगेर मासुको भण्डारण, सरसफाइ, गुणस्तर र खाद्य सुरक्षा मापदण्डको अवस्था निरीक्षण गरेकी हुन् ।
मंसिर १ देखि काठमाडौं उपत्यकामा लागू भएको पशु वधशाला तथा मासु जाँच ऐनको कार्यान्वयन अवस्था बुझ्न गरिएको अनुगमनमा मन्त्री चौधरीले उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउन मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएकी छन् ।


















