कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आज बिहीबारको प्रदेशसभामा कँडेलले २३ मत पाए ।
कूल ४० सदस्यीय प्रदेश सभामा ३५ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको हो । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् भने राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक गरी तीन जना सांसद छन् । कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।


















